काठमाडौं । पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले आज (मंगलबार) आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।
पुस महिना भित्र पार्टीको एकीकरण सम्बन्धि थाति काम पूरा हुने गरी सुझाव दिन गठित कार्य दल भित्रै विवाद भएपछि सचिवालय बैठकले सो सम्बन्धमा आफै निर्णय लिने गरी कार्य दललाई हालसम्मको कामको प्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।
पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धि थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको नौं सदस्यीय कार्य दल गठन गरेको थियो ।
तर, आन्तरिक विवादमा जेलिएको नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन गठित कार्यदल सचिवालयको निर्देशनपछि थप अन्योलमा परेको छ । सचिवालयले अहिलेसम्म भएका प्रगति समेटेर प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल अब कसरी अघि बढ्ने भन्नेमा अन्यौलमा परेको हो ।
कार्यदल गठन भएपछि पनि नेताहरुको कार्यव्यस्तता र जिल्ला दौडाहा भन्दै बैठक निरन्तररुपमा बसेको छैन् ।
अहिले पनि कार्यदलको प्रगति शून्य प्रायस् रहेको कार्यदलका एक सदस्यले बताए । गत माघ ६ गतेयता कार्यदलको बैठक बसेको छैन । सचिवालयले प्रतिवेदन बुझाउन निर्देशन दिएपछि के बुझाउँने भन्ने कुनै तयारी नरहेको नेकपाको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा भएको प्रगतिका आधारमा स्थायी समितिले एकता टुंगो लगाउने नेकपाले जनाएको छ ।
आकांक्षी बढी भएको, विभिन्न कमिटीले सिफारिस गरेका नाममा नै सर्वसम्मत नदेखिएको, जिम्मेवारी बाँडफाँटको मापदण्ड माथि नै कार्यदल सदस्यबीच विवाद भइरहेको छ । तल्लो तहसम्मका कमिटिमा आफ्नो पकड स्थापित गर्न शीर्ष तहका नेता नै लागिपरेपछि कार्यदलले काम गर्न नसकेको नेताहरुको भनाई छ ।
पुष मसान्तमा कार्यदलले प्रतिवेदन बुझाएर सोही प्रतिवेदनका आधारमा माघ भित्र एकताको बाँकी सक्ने नेकपाको तयारी थियो तर प्रतिवेदन नबुझाउदा पार्टी एकीकरणको अन्यौलमा परेको छ ।
गत जेठ ३ गते दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच एकताभई नेपाल कम्युनिष्ट पार्टीको घोषण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया