पोखरा । नेपाली कांग्रेसका नेता गगन थापालाई नेपाल विद्यार्थी संघका विद्यार्थीले कालोझण्डा देखाएका छन् ।
सोमवार पोखरामा कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थापालाई संघकै विद्यार्थीले कालोझण्डा देखाएका हुन् ।
शनिवार नेविसंघका नेता तथा कार्यकर्ताले पोखरामा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाउनुका साथै काठमाडौं उपत्यकामा प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडी नियन्त्रणमा लिएको थियो ।
यही विषयलाई लिएर नेता थापाले आइतवार ट्वीट गर्दै नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका थिए ।
‘नेविसंघको नाममा केही ‘‘विद्यार्थीले’’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ, किन्तु, परन्तु केही नलगाई मेरो उत्तर, त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु ।’ ट्वीट गर्दै थापाले लेखेका थिए ।
यही विषयलाई लिएर पोखरामा नेपाल विद्यार्थी संघका विद्यार्थी विकास थापाको समूहले गगनको विरोध गर्दै कालो झन्डा देखाएको थियो ।
कास्कीमा नेविसंघका दुई समूह छन् । विकास नेपाल विद्यार्थी संघको एउटा समूका अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया