ललितपुर महानगरपालिकाले पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता दिने

ललितपुर । ललितपुर महानगरपालिकाले नगर भित्रको पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता दिने योजना अघि सारेको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले कार्यभार सम्हालेको १८ महिनापछि नगरभित्रको पानीको मुहान र पोखरीको संरक्षण अभियानलाई तीव्रता दिने योजना सार्वजनिक गरेका हुन् । 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नगर भित्रको पानीको मुहान र पोखरी संरक्षणको कामलाई तीव्रता दिने बताए । मेयर महर्जनले गाःबहालस्थित पूर्णचन्डी पोखरीको निर्माण कार्य एक वर्ष भित्र पूरा गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे। त्यसका लागि महानगरपालिकाले १ करोड ५८ लाख बजेटको व्यवस्था गरिसकेको पनि उनले जानकारी दिए । 

मेयर महर्जनले ललितपुर महानगरपालिका भित्रका सबै पानीको मुहान र पोखरीको संरक्षणका लागि अध्ययनको काम शुरु गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?