प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवै बिखण्डनकारी भएको खानको आरोप

भैरहवा । भैरहवामा कांग्रेस रुपन्देहीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज (सोमबार) भैरहवामा बिरोध सभाको आयोजना गरेको छ ।  सरकारको एकपक्षिय निर्णय, बढ्दो महगीं नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै सभाको आयोजना गरिएको हो ।

सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य फकरुद्दिन खानले प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवै बिखण्डनकारी भएको आरोप लगाए । उनले सिके राउतलाई बिखण्डकर्ता भन्ने ओलीले पनि मधेशी जनतालाई राष्ट्रवादी नभएको र बिखण्डनकारी भएको आरोप लगाउदै आएको बताए ।

केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार देशभरका ७७ वटा जिल्ला हुने विरोध सभामा केन्द्रले तोकेका  र स्थानीय मुद्धालाई लिएर भैरहवामा पनि कांग्रेसले बिरोध सभा गरेको हो ।

डाक्टर गोविन्द केसी संग बिगतमा भएका सहमती कार्यान्वयन, संवैधानिक आयोगमा प्रतिपक्षको उपस्थिति विना गरिएका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारीस फिर्ता, निर्मला पन्तको दोषीलाई प्रकाउ गर्नु पर्ने, भ्रष्टाचार र मंहगी नियन्त्रण गर्नु पर्ने माग सहीत कार्यक्रम आयोजना गरीएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले वर्तमान सरकार संविधानलाई फेल गराउने बाटोमा लागेको दावी गरे । उनले नेकपाले निर्वाचनको समयमा जनतालाई झुठो प्रलोभनमा पारेको र कांग्रेसले आफुले गरेको कामको समेत प्रचार गर्न नसकेकोका कारण बहुमत ल्याउन नसकेको बताए ।

सभालाई रुपन्देही जिल्लामा किसानहरुलाई मलखाद व्यावस्थापन गर्न सरकारले नसकेको,  गौतमबुद्ध विमानस्थलमा जग्गा अधिग्रहण गर्दा अझै केही  किसानहरुले मुआव्जा नपाएको, पाँच नम्बर प्रदेशको नामकरण र स्थाई राजधानी तोक्न ढिलाई गरेको, प्रदेशसभामा गाडी खरिद गर्दा भएको अनियमितताको प्रभावकारी छानविन, रुपन्देहीमा नदिजन्य पदार्थको चोरी निकासी बृद्धि भएकोले त्यसलाई व्यवस्थित गरि उपभोक्तालाई सहज रुपमा पाउने व्यवस्थाको  समेत माग राखिएको थियो ।

बिरोध सभो भैरहवाको बर्मेली टोलबाट विरोध -याली शुरु गरि र मिलनचोक पुगेर सभा गरिएको थियो । सभालाई स्थानिय नेताको साथै प्रतिनिधि सभा सदस्य डाक्टर मिनेन्द्र रिजाल, राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, प्रतिनिधि सभाका लेखा समिति संयोजक भरत शाह लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर प्रतिकुल मौषमका कारण भैरहवा स्थित बिमानस्थल सञ्चालनमा नआएपछि कुनै पनि केन्द्रिय नेता कार्यक्रममा उपस्थित हुन नसकेको कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?