कांग्रेसलाई नेकपाको आग्रह: ‘राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति गरेर अघि बढौं’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई यो समयमा आन्दोलनको  गर्न नहुने सुझाव दिएको छ । 

आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई वर्तमान समय आन्दोलनको समय नभएको सुझाव दिएको हो । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हाल राष्ट्रको मुख्य कार्यभार आर्थिक समृद्धि तथा सामाजिक न्यायसहितको समृद्धिको कार्यभार रहेको भन्दै  प्रतिपक्ष नेपाली कांग्रेसलाई आर्थिक समृद्धिको कार्यभार पुरा गर्ने दिशामा सँगै अघि बढ्न आग्रह गरे । 

राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति गरेर अघि बढ्न कांग्रेसलाई नेकपाले अपिल गरेको छ । 

आन्दोलन गर्नेरनगर्ने दलको अधिकार भएको बताउँदै श्रेष्ठले भने, ‘अहिले साझा सहमतिका कुराहरु मिलेर अघि बढाउने र समृद्धिको दिशामा जानुनै आवश्यक छ।’

कांग्रेसलाई सरकारप्रति कुनै चित्त नबुझेको भए सहमति गरी अघि बढ्न सकिने सुझाव दिए। सरकारको कार्यशैली विरुद्धमा कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरिरहँदा नेकपाको सो प्रतिक्रिया आएको हो ।  

नेपाली कांग्रेसले महँगी, भ्रष्टाचार र सरकारका निर्णयको विरोधमा आज सोमवार देशव्यापी रुपमा विरोध प्रदर्शन गरिरहेको छ । कांग्रेसको प्रदर्शनका कारण राजधानिको सवारी आवागमनसमेत प्रभावित भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?