सरकारविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महँगी, भ्रष्टाचार र सरकारका निर्णयको विरोधमा आज सोमवार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्न लागेको बताए । 

सरकार विरुद्धको आन्दोलनलाई चर्काउन प्रतिपक्षी कांग्रेसले सोमवार ७७ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शनको तयारी गरेको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई प्रदर्शनमा सहभागी हुन कांग्रेसले आग्रह गरेको छ ।  

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेसले पटकपटक संसदको बैठक अवरुद्ध गर्दे आएको थियो ।  त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको र निर्मलाको हत्याराको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै सडक आन्दोलनहरु गर्दे आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?