मालपोत कार्यालयका नायबसुब्बा घुससहित पक्राउ

महोत्तरी । मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा दश हजार घुससहित पक्राउ परेका छन् । 

शनिवार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग १० हजार घुसलिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । 

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ । 

पक्राउ परेका नासु कार्की केही महीना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?