काठमाडाैं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालिन आदेश दिएपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने नमान्ने भएका छन् । मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको आरोप लगाउँदै जसले आदेश दिएपनि काठमाडौंका हलमा हिन्दी फिल्म चल्न नदिने अडान लिएका हुन् ।
अदालतले अन्तरिम आदेश दिएपछि झनै आक्रामक बनेका बालेनले देशको सार्वभौमिकता र स्वाधिनताका विषयमा कानुन र अदालतलाई नमान्ने बताएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधिनताको आउँछ म कुनै कानुन र अदालत मान्नेवाला छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ ।’
यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भन्नु भनेको नेपाल भारतको अधिनमा थियो र अदालत र सरकार भारतको गुलाम भएकोसमेत मेयर शाहको अरोप छ । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ बालेनले भनेका छन् ।
https://www.facebook.com/100044467927963/posts/pfbid031c7oThNdmYGKGA9M4Tr6EhxVjwKWbS5mhMUEW47WBhAdv3TXUnZJp13HBgXQUSS9l/?mibextid=Nif5oz
बिहिबार मात्र उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्म प्रदर्शन नरोक्न अल्पकालिन आदेश दिएको थियो । नेपाल चलचित्र संघले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । साथै, यो विषयमा छलफलका लागि अदालतले असार १२ गतेका लागि दुवै पक्षलाई बोलाएको छ ।
दक्षिण भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतकी छोरी हुन् भन्ने आशयको विवादित अंश नहटाएपछि गत सोमबारदेखि काठमाडौं महानगरले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो । बालेनको यही निर्णयको विरुद्ध नेपाल चलिचत्र संघ अदालत गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया