चितवन । छिमेकीको विवाहमा जन्त जान नदिएको रिसमा चितवनमा घरमालिकको हत्या भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका ६ मुडाभारीको स्थानीय रुपा थापाको हत्या भएको हो । थापाको हत्या सोही घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको प्रहरीले जनाएको छ ।
यही माघ १४ गते राति मगरले खुकुरी प्रहरी गरी थापाको हत्या गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार मगरले आफूलाई छिमेकीको विवाहमा जन्त जान रोकेको रिसमा खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् ।
अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई समेत नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया