काठमाडौं । नेपाल चिकित्सक संघले पूर्वघोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
डा. गोविन्द केसीले शुक्रवार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
संघले आफूहरुबाट भएको विरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा परेकोे असुविधाप्रति क्षमायाचना पनि मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया