काठमाडौँ — सरकारले डा. गोविन्द केसीका सबै माग पूरा भइसकेको दाबी गरे पनि मुख्य बुँदा नै कार्यान्वयन गरेको छैन । सम्झौतामा उल्लिखित चिकित्सा शिक्षा विधेयकमा समावेश गर्नुपर्नेबाहेकका मागमा सरकारले प्रतिबद्धता पूरा नगरेको हो ।
विधेयकमा समेट्नुपर्ने प्रावधान तोडमोड गरिएको र अन्य सम्झौता पनि कार्यान्वयन नभएको भन्दै केसी पक्षधर असन्तुष्ट छन् । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले दोषी ठहर्याएका त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित ४३ पदाधिकारीलाई बर्खास्ती र कारबाही गर्नुपर्ने केसीको माग छ ।
सरकारले केसीको १५औं अनशनका क्रममा गरेको सम्झौतामा दुई महिनाभित्र कारबाही प्रक्रिया सुरु गर्ने उल्लेख छ । गत साउन १० गते १० बुँदामा सम्झौता भएपछि केसीले अनशन तोडेका थिए । ‘विधेयकका प्रावधान पनि सम्झौताअनुसार राखिएन,’ उनका एक सहयोगीले भने । केसीले समेत पटक–पटक विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयनका लागि झकझक्याउँदै आएका थिए ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया