ढाका–बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे ।
भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे। यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन्– ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीर बहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’
प्रधानमन्त्रीको कुरा सुने र राजदूत भुसाल छक्क परेछन् । उनले भने ,‘बंगलादेशमा नेपालीमूलका
मान्छेको बसोबास छ भन्ने थाहा थियो। तर, नेपालीमूलका मन्त्री नैछन् भनेर प्रधानमन्त्रीले भने पछि चकित भएँ, गर्व लाग्यो।’
नेपालीमूलका वीर बहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको
पार्टी अवामी लिगले बहुमत हासिल गरपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो। वीर बहादुरलाई चितागोङ (चटगाव) हिल ट्र्याक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएकोछ ।
उनी नेपालको कुन ठाउँबाट आएका थिए भन्नेबो ेयहाँका नेपालीहरूलाई थाहा छैन । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया