कठमाडौँ-माइती नेपालले भारतबाट तीन दिनयता ३७ जना नेपाली महिलाको उद्धार गरेको छ ।
माइती नेपालका सूचना अधिकारी अच्युत नेपालका अनुसार दिल्ली महिला आयोग र रेस्क्यु फाउण्डेशनको सहयोगमा ६ जना महिलालाई गत १६ गते र ३१ जनालाई मनिपुरबाट आज उद्धार गरिएको हो ।
सूचना अधिकारी नेपालका अनुसार उद्धार गरिएकालाई मनिपुरबाट म्यान्मा हुँदै इराक र दुबईमा पु¥याउने दलालको योजना रहेको थियो । माानव तस्करीमा संलग्न गिरोहले नयाँ रुटको प्रयोग गर्दै मानव बेचबिखन गरिरहेका छन् ।
मइती नेपाललाई पहिचान नखुलेको इमेलबाट प्राप्त सूचनाका आधारमा उक्त महिलाको उद्धार गरिएको हो । उद्धार गरिएका सबै महिलालाई आवश्यक प्रक्रिया पु¥याएर परिवारको जिम्मा लगाइनेछ । संस्थाले विगत २७ वर्षदेखि मानव बेचबिखनका क्षेत्रमा काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया