काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सही बाटो र सही नीति लिएको बताएका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर मात्र संसदमा प्रस्तुत हुनु प्रधानमन्त्री ओलीले सांसदहरुलाई आग्रह गरेका छन् ।
उनले भने, ‘कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर मात्र संसदमा प्रस्तुत हुन, पार्टीको नीति र विधि भित्र रहेर आफ्ना कुरा राख्नुस् ।’
यसैगरी भेटमा प्रधानमन्त्री ओलीले अब समय मिलाएर संसदीय दलको बैठक नियमित राख्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया