बालेनको निर्णय प्रक्रिया र एक्सनबारे असहमति जनाउँदै सल्लाहकारले दिइन् राजीनामा

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

अर्यालले सामाजिक सञ्जालमा लेख्दै मेयर बालेन्द्र शाह (बालेन) को पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् ।

अर्यालले मेयर शाहको पछिल्ला निर्णय प्रक्रियासहित एक्सनका विषयमा असहमति जनाउँदै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

महानगरले आफ्नो मर्म र भावनाविपरितका निर्णयहरु गरेको भन्दै राजीनामा दिएकी हुन् । साथै कुन कुन विषयमा असहमति हो भन्ने भने खुलाएकी छैनन् ।

‘१० महिनाअघि काठमाडौंका मेयरको सल्लाहकारको रूपमा आबद्ध भएँ र काठमाडौंको युवा नेतृत्वलाई सुधारका लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन स्वयंसेवकको हैसियतमा सक्दो सेवा गरेँ ।’ उनले भनेकी छिन्, ‘यद्यपि, मेयरको हालैका केही कार्य, निर्णय लिने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यताको विरुद्धमा भएकाले मैले राजीनामा दिएको छु ।’

त्यस्तै आफू १० वर्षदेखि सार्वजनिक शिक्षा सुधारका लागि लड्दै आएकाले अबका निदमा त्यसैलाई निरन्तरता दिने बताएकी छिन् ।

‘म विगत १० वर्षदेखि सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतन्त्रको लागि लड्दै आएको छु त्यसैलाई निरन्तरता दिनेछु ।’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?