WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ १८ गते देश दुनियाँमा के–के घटना भए रु जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
राप्रपा एकीकरणपछि नेताहरुको स्पष्टोक्ति : ‘नेपालमा संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र हुनुपर्छ’
पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०बीच पार्टी एकता भएको छ । शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता भएको औपचारिक घोषणा भएको छ ।
अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाको राजिनामा
नेपालका लागि अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । अष्ट्रेलियाबाट नेपाल फर्केर उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।आफ्नै गाडीचालकले मानव बेचबिखनको आरोप लगाएपछि सरकारले उनलाई नेपाल बोलाएर स्पष्टिकरण सोधेको थियो ।
पारस अस्पतालबाट डिस्चार्ज, यसैसाता फलोअप
हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएसागै अस्पतालले डिस्चार्ज गरेको छ । पारसलाई लिन उनकी बहिनी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत आफन्तहरु अस्पताल पुगेका थिए ।
उपप्रधान तथा रक्षामन्त्री भन्छन्, बाह्यदेशको हस्तक्षेपको पक्षमा नेपाल छैन
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले कुनैपनि देशको आन्तरिक मामलामा भएको बाह्यदेशको हस्तक्षेपको पक्षमा नेपाल सरकार नरहेको स्पष्ट पारेका छन् । शुक्रबार नवलपरासीको कावासोतीमा प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नमा रक्षामन्त्री पोख्रेलले नेकपा अध्यक्षको वक्तव्यमा आएको कुराले केही भ्रम पैदा गरेको भन्दै कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप नहोस् भन्ने नेपालको चाहना रहेको बताए ।
निर्मलालाई न्याय दे भन्दै सिंहदरबामाथी उड्यो बेलुन
विभिन्न माग राखी सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले पछिल्ला केहि दिनदेखि निरन्तर सिर्जनात्मक विरोध कार्यक्रम गर्दै आएको छ । सोहि अनुरुप नेविसंघले शुक्रबार सिंहदरबारको मूल गेटबाट ‘निर्मलालाई न्याय दे ‘डा केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको रंगीविरंगी बेलुन उडाएका हुन् ।
डा केसीको स्वास्थ्य अवस्था नाजुक
चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ ।
संसदका दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि विधायिकी प्रक्रियाबाट डा।केसीका माग पूरा गर्ने सम्भावना तत्कालका लागि टरेको छ ।
ज्योति विकास बैंकको एकै दिन पाँच ठाउँमा नयाँ शाखा
ज्योति विकास बैंकले मुलुकका विभिन्न जिल्लामा नयाँ शाखा सञ्चालमा ल्याएको छ । बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ सञ्चालनमा ल्याइएको हो ।
शेयरको मूल्य निरन्तर ओरालो लाग्दै, जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित
नेपाल धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीवार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता एक सयमा खरीद गरेको शेयर अहिले एक सय भन्दा तल पुगेको छ ।
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा श्रमिक अभाव
जापानमा गत वर्ष औसतमा हरेक एक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १ सय ६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।
गुगल प्लस आगामी अप्रिल २ बाट बन्द हुँदै
इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्र्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ बाट बन्द गर्ने भएको छ । इन्टरनेट जाएन्ट गुगलले सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो ।
नेपाल सिमेन्टमा आत्मनिर्भर, वार्षिक १ सय ५० अर्बको कारोवार
नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्बको लगानी भएको र वार्षिक १ सय ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ५ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार अपराह्न ३ बजे वैदेशिक रोजगारबाट फर्केका उनीहरुलाई विमानस्थलको गेटबाट सुनसहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको हो ।
निगमका सबै चिनियाँ विमान ग्राउन्डेड
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् ।निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ ।
पश्चिमी वायुले मौसम गडबढ
युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ ।
कोलकाताबाट नेपालतर्फ सामान ढुवानी ठप्प
कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली ९इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस० कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् ।
लाइसेन्स बेच्ने धन्दामा लागेका ८ जना कर्मचारी अख्त्यिारको फन्दामा
यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय¸ प्रदेश नं ३ ललितपुर अन्तर्गतका कार्यलयका कर्मचारीले परीक्षामा फेल भएका र ट्रायल परीक्षा नदिएकालाई समेत सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बेच्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनसन्धानको क्रममा गत साउन १६ गतेदेखि असोज २४ गतेसम्म नियम विपरित ६२९ वटा सवारी चालक अनुमति पत्रहरुको नतिजा फेरवदल भएको जनाएको छ ।
ज्यान मुद्दा मिलाइदिने भन्दै ५ लाख घुस खाने अख्तियारको फन्दामा
काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५ लाख घुससहित पक्राउ गरेको हो ।
अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु
अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु भएको छ ।अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया