काठमाडौं । पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता भएको छ ।
शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता भएको औपचारिक घोषणा भएको छ ।
बिहीवार जारी विज्ञप्ति अनुसार दुवै दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । पार्टी एकता पछि पार्टीको नाम राप्रपा(संयुक्त) राखिने र चुनाव चिह्न ‘हलो’ दुवै पार्टीका अध्यक्षले जानकारी दिए ।
दुवै पार्टीका अध्यक्ष राणा र लोहनीको पदीय हैसियत भने बराबर हुने र एकतापछि पार्टीमा तत्कालका लागि दुई अध्यक्ष रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया