काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुँदैछ ।
शुक्रवार बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा दफा ८ र ९ माथि छलफल हुन लागेको हो ।
समिति सदस्य रेखा शर्माका अनुसार विधयकको दफा ७ सम्मको छलफल सकेको समितिले आज दफा ८ र ९ माथि छलफल गर्न लागेको हो ।
बैठकमा मिलेका विषय टुंग्याउने र मिल्न बाँकी विषय पछि टुंगो लगाउने गरी छलफल अघि बढाइने सदस्य शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया