काठमाडौं । पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच आज पार्टी एकता हुने भएको छ ।
शुक्रवार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच पार्टी एकताकोे घोषणा गरिने बिहीवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै बिहीवार नै दुवै दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए ।
पार्टी एकता पछि पार्टीको नाम राप्रपा(संयुक्त) राखिने र चुनाव चिह्न हलो हुने सहमति दुई दलबीच भएको छ ।
दुवै पार्टीका अध्यक्ष राण र लोहनीको पदीय हैसियत भने बराबर हुने छ । एकतापछि पार्टीमा तत्कालका लागि दुई अध्यक्ष नै रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया