काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
प्रतिनिधिसभा बैठकबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयक आज (बिहीवार) बसेको राष्ट्रियसभा बैठकमा बहुमतले पारित भएको हो ।
अव राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ ।
चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो ।
बिहीवार कांग्रेस सांसद राधेश्याम अधिकारीले र बुधवार राजपा नेपाका सांसद वृषशचन्द्र लालले विधेयक संशोधन दर्ता गरेका थिए ।
तर, दुवै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । उक्त दुवै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।
बिहीवार कांग्रेस सांसद राधेश्याम अधिकारीले र बुधवार राजपा नेपाका सांसद वृषशचन्द्र लालले विधेयक संशोधन दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया