डा. केसीको जीवन रक्षाको माग गर्दै लोकतन्त्रवादी पेशागत संघले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आवद्ध बुद्धिजीवीले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन प्रदर्शन गर्न लागेको लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आवद्ध बुद्धिजीवीहरुको भनाई छ । 

डा. केसीले उठाएका मागमा ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने प्रजातान्त्रिक विचार समाजले जनाएको छ । 

प्रदर्शनमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटना, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्दा पनि उठाइने समाजको भनाई छ । 

उता डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । डा. केसीलाई छातीको दुखाई बढेपछिल सास फेर्न गाह्रो हुनुका साथै रगतमा ग्लुकोज र पोटासियको मात्रा कमी, रक्तचाप घट्नु, मुटुमा समस्या देखिनु लगायतका समस्या देखिएपछि उनको अवस्था जोखिमउन्मुख देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए । तर, डा. केसीले उपचार आइसीयूमा उपचार गराउन मानेका छैनन् । 

डा. केसीको शरीर अत्यन्त कमजोर भएकाले कुनै बेला पनि हृदयघत हुनसक्ने उपचारमा चिकित्सकहरुको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?