पूर्व युवराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा नर्भिक अस्पताल पुगे

काठमाडौं । हृदयघात भइ नर्भिक अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् ।

अस्पताल पुगेका थापाले पारससङ्ग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा 'नाउ आई एम गुड' भने ।

हिजो अलि दुखाई थियोे ,अहिले ठिक छु भन्दै पारसले केही दिनमै  अस्पतालबाट डिस्चार्ज हुने र केही दिन भित्रै आफू फिट हुने बताए । अध्यक्ष थापाले स्वास्थ लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुन आई एम गुड भन्दै  थापालाई धन्यवाद भनेको भेटघाटका क्रममा सङ्गै रहेका राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापा पारसलाई भेटेर फर्किने क्रममा ढोकामा नै पुर्व रानी कोमल शाहसङ्ग पनि जम्काभेट भएको थियो ।  सो अवसरमा राजपरिवारका अन्य सदस्यहरुसङ्ग अध्यक्ष थापाको छोटो भलाकुसारी भएको बर्तौलाले बताए ।

अस्पताल परिसरमा राखिएको स्वास्थ लाभको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?