काठमाडौं । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ ।
यसअघि राप्रपा प्रजातान्त्रिक र कमल थापाको राप्रपाबीचको एकता भाँडिएको थियो । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले दुई पार्टीबीच माघ १८ गते १ बजे राष्ट्रियसभा गृहमा एकीकरण घोषणा कार्यक्रम राख्न लागिएको बताए ।
यस्तै एकीकृत राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता जनकराज पाठकले लोहनी र राणा दुबै अध्यक्ष रहने गरी एकीकरण गर्ने समझदारी भएको जानकारी दिए । उनका अनुसार हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाका विषयमा ठोस धारणा बनाउन एकीकरणको एक महिनाभित्र अन्तरिम विधान तयार गरिनेछ ।
यस्तै हाललाई पदाधिकारी र केन्द्रीय सदस्य दुबै पार्टीको कायम रहनेछन् ।
एकीकृत पार्टीमा राणा र लोहनी दुबै अध्यक्ष रहने जनाइएको छ । दुई अध्यक्षबीच मंगलबार नै एकतासम्बन्धी सहमतिमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया