काठमाडौं । सशस्त्र प्रहरीको १८ औं वार्षिकोत्सव आज मनाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।
मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८०७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।
हिजो एकअर्काको अस्तित्व नमेटिने गरी साथमा रहेकाले आज सम्मान गर्ने वातावरण बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो । राष्ट्र एक बनाउने भावना यसभित्र प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले देशलाई ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता अब हटेको बताएका छन् । राज्यले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिकउत्सवलाई सम्बोधन गर्दो प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् ।
उनले भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’
हिजोको दिनमा अधिकार आफ्नो हातमा लिएर १३ पन्ने आतंक पनि चलेको र भ्रष्टाचार विरुद्धको कुरा मात्रै गरेर हुन्न वास्तवमै नियन्त्रण गर्ने गरी काम हुनुपर्नेमा उनले जोड दिएका छन् ।
केही मान्छे अझैं पनि द्वन्द्वको खाटा बसिसकेको घाउ उप्काउन लागिपरेको भन्दै उनले त्यसविरुद्ध नागरिकसमेत चनाखो बन्नुपर्नेमा जोड दिए । अब द्वन्द्वका घाउमा मह्लमपट्टी लगाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
देशलाई विखण्डन गर्ने तानाशाहपन सरकारले नसहने बताए ।

उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीको सीमावर्ती जिल्लाका गणहरुको स्तरबृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने बताएका छन् ।
यस्तै १७ जिल्लामा रहेका अस्थायी गणलाईस्थायी गरिने पनि उनले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा पूर्वआईजीपी दुर्जकुमार राई र पूर्वएआईजी रोहित थापालाई एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
यस्तै कृष्णमोहन श्रेष्ठ र सहवीर थापालाई मरणेपरान्त सम्मान गरियो भने ५ नम्बर बाहिनी मुख्यालय रुपन्देहीलाई उत्कृष्ट बाहिनीको अवार्ड प्रदान गरिएको छ । सो अवार्ड डीआईजी चिरन्जीवी अधिकारीले ग्रहण गरेका थिए ।



तस्वीर: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया