राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि अमृतबहादुर राईको नाम अनुमोदन

काठमाडौं । संसदीय समितिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ । 

सोमवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले सरकारद्वारा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सिफारिस राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

गत पुस २७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो । 

समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार राईको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि अनुमोदन गरिएको बताए । 

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका राईलाई राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?