डा. केसीसँग वार्ता गर्न सरकारी टोली बनाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउन माग गरेका छन् । 

सोमवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले २० दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउन माग गरेको हो । 

डा. केसी २५ पुसदेखि अनसनरत डा. केसीको स्वास्थ्य खस्किँदै जाँदा पनि सरकारले एक जनालाई पनि वार्ताका लागि नपठाएको अधिकारीको भनाइ छ । 

उनले भने, ‘डा. केसी जीवन मरणको दोसाँधमा पुग्दा पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।’

सरकारले विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने गरी डा.केसीसँगको सम्झौता तोडेको अधिकारी भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?