नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानको राजीनामा, यस्तो छ कारण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले मौखिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।

चर्काे विवाद र आन्तरिक दवावका कारण महासंघका कोषाध्यक्ष प्रधानले आइतवार मौखिक राजीनामा घोषणा गरेका हुन् । 

प्रधानले आजै लिखित राजीनामा दिने बुझिएको छ । 

महासंघमा आर्थिक अनियमितता भएको र त्यसविरुद्ध बोल्दा आफूलाई राजीनामा दिन बाध्य तुल्याइएको प्रधानको भनाइ छ । 

उनले भने, ‘चर्काे विवाद र दवावकाबीच आफूले आचारसंहिता मिचेको तथा गोपनीयता भंग गरेको आरोप लगाइयो ।’ 

कोषाध्यक्षको राजीनामालाई लिएर महासंघमा विवाद चुलिएको थियो । एकथरीले कोषाध्यक्षलाई जबर्जस्ती राजीनामा गर्न लगाइएको आरोप लगाएका छन् भने अर्का थरीले कोषाध्यक्षको राजीनामा स्वाभाविक भएको बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?