काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी माघ २१ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा आइतवार बसेको केन्द्रीय समितिको बैठकले आगामी २१ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
वर्तमान सरकारको कार्यशैलीको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
बैठकले सदन र सडक दुवैमा विरोधको कार्यक्रमलाई निरन्तरता दिन सांसद र भ्रातृ संगठनलाई निर्देशन समेत दिएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारले गरेका जनविरोधी कामहरुको विरोध स्वरुप देशव्यापी प्रदर्शन गर्न लागिएको जानकारी दिए । प्रत्येक स्थानीय तहमा देखिएका मुद्दालाई सम्बोधन गर्न पनि ७७ वटै जिल्लामा खबरदारी प्रर्दशन गर्न लागिएको प्रवक्ता शर्माको भनाई छ ।
कांग्रेसले भ्रातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले गरेको सडक आन्दोलनका समेत पार्टीको साथ रहेको बताएको छ । भ्रातृ संगठनको आन्दोलनलाई पार्टीको पूर्ण साथ सर्मथन रहेको प्रवक्ता शर्माले बताए ।
सरकारका पछिल्ला कामकारबाहीका विषयमा कांग्रेसले प्रदेशगत रुपमा समेत विरोधका कार्यक्रम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया