नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस

लोकपथ
98
Shares

काठमाडौं। हाइप्रोफाइल मुछिएको नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्नविरुद्ध दायर मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा प्रतिवादीविरुद्धको थुनछेक बहस सुरु हुन लागेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न गरेपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा अदालतको आदेश आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?