काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी शुद्धिकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ ।
मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण अभियान गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । यसअघि बागमती प्रदेशका लागि काठमाडौंमा गरिएको रुपान्तरण अभियान शनिबार पोखरामा सम्पन्न भएको छ ।
रुपान्तरण अभियानमा बोल्दै कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको बितृष्णालाई सम्बोधन गर्ने बताए । पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

पार्टीले सबैलाई समान व्यवहार नहुँदा आफूहरु विद्रोह गरेर रुपान्तरित कांग्रेसको रुप देखाउन देशभर वडावडा तहसम्म पुग्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया