धनगढी । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् ।
कैलालीका विद्यार्थी खेम बहादुर मगर डा. केसीको पक्षमा अनसन बस्नका लागि १० दिन पहिला नै काठमाडौं आएको बताउँछन् ।
उनले आज दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारीबारे जानकारी दिए ।
मगरले १७ औँ दिनदेखि अनसनरत डा. केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् ।
गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्यादेखिए पछि उनलाई माघ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याइएको उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आजै डा. केसीको समर्थन गर्दै विवेकशील नेपाली दलले नयाँ वानेश्वरको संसद भवन अगाडी प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया