काठमाडौं । डा. गोविन्द केसीको समर्थन गर्दा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार बिहान नयाँ वानेश्वरमा संसद भवन अगाडी प्रदर्शन गरेको उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नेपाल पुलिस क्लबमा राखेको छ ।
गिरफ्तारी पर्नेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी,लगायतका नेताहरु छन् ।
गत पुस २५ गतेदेखि अनसनरत डा. केसीको माग पूरा गर्न माग गर्दै उनीहरुले सरकार विरुद्ध प्रदर्शन गरेका थिए ।
डा. केसीको आज १७ औँ अनसन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया