प्रतिनिधिसभा बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद आज (शुक्रवार) दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

कांग्रेस सांसदको अवरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । त्यस्तै आज बस्ने बैठकमा चिकित्सा विधेयक पारित गर्ने एक मात्र सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । 

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण गत सोमबार र मंगलबार बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

कांग्रेसले पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल कुन निकाय मातहत रहने सरकारले स्पष्ट नबनाएसम्म सदन चल्न नदिने अडान लिदै आएको छ । 

गत मंगलबार स्थगित भएको बैठक आजको लागि बोलाइएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?