काठमाडौं । सामाजिक सञ्जालमा नाबालिगको सम्पादित तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पीडित नाबालिगले दिएको उजुरीका आधारमा अनुसन्धान गरी डोटीस्थित दिपायल सिलगढी नगरपालिका–१३ स्थायी घर भएका ३२ वर्षीय पदमबहादुर खड्कालाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्कालाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको व्युरोका प्रवक्ता रायले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार निज खड्काले पीडित नाबालिगको तस्बिर फेसबुकबाटै डाउनलोड गरी सम्पादन गरेर अश्लील बनाएर नक्कली प्रोफाइलमा अपलोड गर्नुका साथै पीडित नाबालिग र उनका साथीहरुलाई समेत पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया