राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा चाडपर्व लक्षित अफर घोषणा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विभिन्न कर्जामा विशेष अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत बैंकले घर कर्जामा ५.५१ प्रतिशत ब्याजदरमा ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । घर तथा जग्गा खरिद, घर निर्माण र घडेरी खरिदका लागि लिन सकिने यो कर्जाको अवधि २० वर्षसम्म रहनेछ ।

त्यस्तै, विद्युतीयसहित सबै प्रकारका सवारी साधन खरिदका लागि ४.९० प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म सवारी कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि ७ वर्षसम्म हुनेछ ।

चाडपर्व अफरअन्तर्गत प्रवाह हुने कर्जाको सेवा शुल्कमा समेत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

चाडपर्वको समयमा घर तथा सवारी साधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले उनीहरूलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ । यो अफर २०८३ सालको कात्तिक मसान्तसम्म लागू हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ जिल्लामा ३१६ शाखा र ३३८ एटीएममार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ। बैंकले निक्षेप तथा कर्जाका साथै मोबाइल बैंकिङलगायत डिजिटल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?