हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कम्युनिष्टको बिचार बोकेर कांग्रेस कम्युनिष्टको बिकल्प बन्न नसक्ने दाबी गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कम्युनिष्टको एजेन्डा भएकोले त्यसलाई कांग्रेसले बोक्दा कांग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्ने जिकिर गरे ।
पार्टीद्वारा आयोजित हिन्दुत्व जनजागरण अभियान अन्तर्गत गृहनगर हेटौंडा– ६ मा आज बिहान आयोजित घरदैलो कार्यक्रममा सरिक हुँदै थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको बिचार ब्यक्त गरे ।
मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले वाईडबडी विमान काण्ड, सुन काण्ड तथा विदेशमा राखिएको कालो धन छानविनको विषयमा सरकार उदासिन हुनु दुर्भाग्यपूर्ण बताए ।
राप्रपा एजेन्डाप्रती प्रतिबद्ध रहेको भन्दै थापाले पार्टी र नेतृत्वप्रती रहेको भ्रमलाई चिर्न कार्यकर्ता पङ्ती चनाखो हुनुपर्ने विचार ब्यक्त गरे ।
राप्रपा कुनै धर्मको विरोधि नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याईएको बताए ।
कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया