काठमाडौं । रुकुम पश्चिममा जीप दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाईते भएका आठ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए ।
जीप सडकबाट करिब चार सय मिटर तल खसेको छ । खलङगा जादै गरेको लु १ ज १७४७ नम्बररको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया