काठमाडौं । सरकारले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ्ग भिसा प्राप्त गरेका सबै कामदारको विस्तृत विवरण माग गरेको छ ।
सोमवार श्रम, रोगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरी म्यानपावर कम्पनीका व्यवसायीले मलेसियासँग श्रम सम्झौता हुनपूर्व कामदारको कलिङ भिसा प्राप्त गरेका कामदार पनि रोकेर राखिएको भन्दै काममा जाने व्यवस्था मिलाउन लबिङ तीव्र बनाएका हो ।
त्यस्तै नेपाल सरकार र मलेसिया सरकारबीच श्रम सम्झौता (MOU) हुनुपूर्व कलिङ्ग भिसा प्राप्त –म्याद बाँकी रहेका) कामदारहरुको तथ्यांक आवश्यक भएकाले नेपालस्थित रिक्रुइटिङ्ग एजेन्सी मार्फत कलिङ्ग भिसा प्राप्त गर्ने कामदारहरुको विवरण देहायको ढाँचामा उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ ।
वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै कलिङ्ग भिसा लागेका कामदारको सबै खालका विवरण पेश गर्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया