१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, दुई जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ तुल्सीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई भे-१०प ५५२ नम्बरको मोटरसाइकलमा सोही नगरपालिका-७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी
पोष्ट बकुवा र ईलाका प्रहरी कार्यालय भुरिगाउँ बर्दियाबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?