वैदेशिक राेजगारीमा दुबईमा आकर्षक तलब हुने भन्दै १७ जनालाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका वडा नम्बर ६ कात्तिके देउराली स्थायी घर भई हाल कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन् ।
रिमालले अनिष श्रेष्ठ समेत १७ जनालाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले रोजगारीको लागि दुबईमा जान प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि ५० हजार तलब पक्का हुने भन्दै उनले पीडितलाई प्रलोभनमा पारेका थिए ।
पीडितहरुबाट नौ लाख पचास हजार रुपैयाँ उठाएपछि रिमालफरार भएका थिए । पीडित यससछि वैदेशिक रोजगार विभागमा पुगेका थिए भने विभागको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिमाललाई आइतबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया