नुवाकोटमा भ्रष्टाचारविरुद्धको अभियानमा रक्तदान गरेर विरोध प्रदर्शन

लोकपथ
49
Shares

नुवाकोट । नुवाकोटमा भ्रष्टाचार विरुद्धको अभियानमा ४० जनाले रगत दान गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका नेताहरुलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै विदुर नगरपालिकाको वडा नम्बर १ ढुङ्गेमा रगतदान गरिएको हो ।

देशको योद्धाद्धारा भ्रष्टाचारविरुद्ध गरिएको रक्तदान कार्यक्रममा भ्रष्टाचारको विरोधमा आवाज उठाई लडिरहेकाहरुका लागी ४० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमको नेतृत्व गरेका युवा अभियन्ता मछिन्द्र नरसिंह प्याकुरेलले बताए।

No description available.

देशमा मौलाएको भ्रष्टाचार न्युनिकरणको लागी अभियन्ताहरुले सरकारसँग माग गरेका छन् । रगतदान कार्यक्रममा भ्रष्टाचार विरुद्धका विभिन्न प्लेकार्डहरु बोकेर भ्रष्टाचार न्युनिकरणका लागी बिरोध जनाईएको थियो ।्

नेताज्यु, हाम्रो भोट भ्रष्टाचार गर्न तपाईलाई दिएको होईन भन्ने भुल्नु भो ?, सरकार भ्रष्टाचारी खोज्न खट्ने की पछाडी हट्ने ?, देशभर भ्रष्टाचार, कता गयो अख्तियार ?, गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

No description available.

“भ्रष्टाचारी देशका सत्रु हुन । जसलाइ हामी जनताले देशको मुहार फेर्छ भनेर विश्वास गरेर नेता बनाइएको हुन्छ उसले हामी जनता लाईनै बेच्ने सम्मको मानव बेचबिखन जस्तो अमानवीय काम गर्ने भ्रष्टाचारिलाइ छोड्नु हुन्न । बडालाइ चैन सानालाई ऐन नहोस ।” भन्दै विरोध जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?