काठमाडौं । संसदमा नयाँ अध्यास शुरु भएको छ ।
बिहीबारबाट प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष सवालजवाफ भएको छ ।
दलीय भागबण्डाका आधारमा सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले प्रत्यक्ष रुपमा उत्तर दिइरहेका छन् ।
सबैभन्दा पहिला नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नेपालको सार्वजनिक शिक्षा, किसानको अवस्थाको बारेमा प्रश्न गरेकी थिइन् ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न गरेका छन् । उनले सरकारले आर्थिक मन्दी नियन्त्रण गर्नका लागि के छ उपाय भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै उनले धेरै किसानहरुले गाईमा विभिन्न किसिमको रोग लागेकोबारे किसानहरुले गुनासो रहेको प्रश्न गरेका थिए । अहिले प्रधानमन्त्रीले उत्तर दिइरहेका छन् ।
सांसदसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवालजवाफका लागि सभामुखले १ घण्टाको समय दिएका छन् । साथै प्रधानमन्त्रीले दिएको जवाफमा स्पष्टीकरण माग्न नपाइने समेत सभामुखले जानकारी गराएका छन् ।
संसदको कामकारबाही प्रभावकारी नभएको भन्ने आम गुनासोकाबीच शुरु भएको सवालजवाफलाई सकारात्मक रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया