काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शेसमतिमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सो बसले ठक्कर दिएका मोटरसाइकल चालक रहेका छन् ।
काभ्रेस्थलीबाट रत्नपार्कका लागि हिँडेको बस शेसमतिमा दुर्घटना भएको थियो । सो स्थानमा बसले मोटरलाईकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको निधन भएको प्रहरी वृत्त बालाजुका डिएसपी मन्जित कुँवरले लोकपथलाई जानकारी दिए । त्यस्तै गाडीमा सवार अन्य ९ जना घाइते रहेको र सबैको अवस्था सामान्य रहेको उनले बताए ।
‘एक जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते रहेका छन् । घाइतेको अवस्था सामान्य रहकेो छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया