नेपालमा उत्पादन भएर कानुन अभावमा दर्ता रोकिएको विद्युतीय मोटरसाइकल कानुन निर्माणसँगै दर्ता गर्न सुरु गरिएको छ।
काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकलमा बिद्युतीय मोटरसाइकल यात्रीको दर्ता सुरु भएको हो।
नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापन पत्रबिना नै दर्ता गर्ने गरी सङ्घीय सरकारले कानुनी व्यवस्था गरेको हो।
विद्युतीय मोटरसाइकल बागमती प्रदेशका बिभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा यातायात कार्यालयमा दर्ता गर्न सकिने गरी बाटो खुलेको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया