काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् ।
माघ ६ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर गर्दै प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड भ्रमणमा जान लागेका हुन् ।
स्वीट्जरल्यान्डमा जनवरी २२ देखि हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
शुक्रवार बसेको प्रनितिधिसभा बैठकलाई भ्रमण बारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालले गरेको द्वन्द व्यवस्थापनलाई दुनियाँले सकरात्मक रुपमा लिएको बताए ।
उनले भने, पहिलो पटक प्रधानमन्त्री स्तरमा नेपाल पनि सहभागी हुन लागेको बताए । यसले नेपालले गरेको प्रगति प्रति दुनियाँको चासो मात्र नभई प्रसन्नता भएको समेत बताए ।
२२ जनवरीमा स्टाटेजिक आउटलुक अन साउथ एसियामा नेपालको धारणा राख्ने जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले जनवरी २३ सेपिङ दी फ्युचर अफ डेमोक्रेसिमा नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम तय भएको छ ।
यसक्रममा कोलम्वियाका राष्ट्रपति इभान डुक माक्र्वज, अरमानियाका प्रधानमन्त्री निकोल पाशिन्यानले पनि आफ्नो धारणा राख्ने छन् ।
सेपिङ दी फ्युचर अफ डेमोक्रेसिमा फाइनान्सिलय टाइम्स र न्यूयोर्क टाइम्सका सम्पादक पनि यस सत्रमा सहभागी हुने छन् ।
प्रधानमन्त्री ओलीले जनवरी २४ मा जि २० मुलुकसहितका देशका नेताहरुसँग छलफल हुने जानकारी दिए ।
भ्रमणका क्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रमको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया