आजको मौसम : कहाँ कस्तो ?

काठमाडौं । देशभरको मौसम आज सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने भएको हो । 

पहाडी भूभागका केही स्थानमा मात्रै आंशिक बदली हुने मौसमविद मिनकुमार अर्यालले बताए । काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश स्थानमा दिनभर पारिलो घाम लाग्ने उनको भनाई छ । 

तराईँतिर पनि बिहानीपख केही स्थानमा कुहिरो देखिए पनि बिस्तारै हट्ने र दिउँसो घाम लाग्ने सम्भावना छ । 

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?