काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट भएको घटनाको विरोध गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव विद्यानाथ झामाथि कुटपिट गर्नु निन्दनीय भएको भन्दै युनियनहरुले घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संस्था छनोट सम्बन्धमा छलफल गर्न आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामका सचिवलाई आफ्नै कार्यकक्षमा बोलाइ हातपात गरेको कार्यले समग्र कर्मचारीको मनोवल गिरेको ठहर गरेको छ । अतः उक्त घटनाको घोर भत्र्सना गर्दछौं ।’
यस्तो छ विज्ञप्ति :
jha
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया