काठमाडौं । विनाशकारी भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले सोमबार एक कार्यक्रमका बीच विश्व सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गरेका हुन् ।
पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको १८ वटा पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्यको शिलान्यास गर्दै गृहमन्त्री थापाले सो पुनर्निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सांस्कृतिक/पूरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।
गृहमन्त्री थापाले सबै नागरिकलाई समृद्ध र सुःखी बनाउने लक्ष्य सरकारले लिएको दाबी गर । उनले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।
विश्व सम्पदा सूचिमा रहेको स्वयम्भूको पुनर्निर्माण गरेर फेरी एक पटक गौतम बुद्धको शान्तिको सन्देश नेपालले विश्वभर फैल्याउन चाहेको गृहमन्त्री थापाको भनाई छ ।
गृहमन्त्री थापाले अव सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले तीव्र गतिका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सबैको एकतावद्ध प्रयासबाट मात्रै हाम्रा सम्पदाहरुको संरक्षण गर्न सकिने पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्व सम्पदाको रुपमा रहेको स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न गर्न लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।उनले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको संयुक्त पहलमा काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कानुनी प्रक्रिया पुरा गरी सो पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको स्पष्ट पारे । उनले बुद्धको शान्तिको सन्देश विश्वभर फैल्याउने सो स्थलको पुनर्निर्माणमा आर्थिक हिनामिना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।
विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास तथा बिहारहरु पनि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो । त्यसैको पुनर्निर्माणको काम सोमबारबाट सुरु गरिएको हो । पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको सो भवनहरु तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता पनि वडाध्यक्ष डंगोलले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया