प्रधानमन्त्री ओली माघ ६ गते स्विट्जरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्याण्ड जाने भएका छन् । 

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक सम्मेलनमा भाग लिन उनी स्विट्जरल्याण्ड जान भएका हुन् । 

प्रधानमन्त्रीसंगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित १९ सदस्यीय टोली स्विट्जरल्याण्ड जाँदैछन् । 

सम्मेलन माघ ८ गते देखि ११ गतेसम्म स्विट्जरल्याण्डको डाबोसमा हुँदैछ। प्रधानमन्त्रीसहितको टोली माघ ६ गते नै स्वीट्जरल्याण्ड प्रस्थान गर्नेछन् । 

ओलीले सम्मेलनको दुई सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ र ‘बियोन्ड द जिडिपी’ सेसनमा भाग लिने र मन्तव्य राख्नेछन्।

ओलीले स्वीस राष्ट्रपति वेली माउरासित भेट गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

यसपटकको सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुने भएका छन्।

उक्त सम्मेलनमा विश्वका २ सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागीता रहने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?