काठमाडौं । तनहुँमा भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा ट्रक घरमा ठोक्किँदा ८ जना घाइते भएका थिए ।
ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् । ५ जना घाईतेहरुको उपचार भइरहेको छ । घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया